पोखराको मालेपाटन र ढोडबेसीँमा अझै बन्छ खुँदो
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३२ को मालेपाटन र ढोडबेसीँमा अभmैसम्म खुँदो पकाउने काम गरिदै आएको छ । यहाँका करिव ८ सय परिवारले २ सय रोपनीमा उखुखेती गर्दै आएका छन् । त्यही उखु पेलेर वर्षेनी खुदो पकाएर बेच्ने गर्छन । पहिला उखुको उत्पादन बढी हुने गरेको तर मूल्य नपाइने गरेपनि अहिले उत्पादन कम भएको तर मूल्य राम्रो पाइरहेको स्थानीय बताउछन् ।
बाइट ः
यो वर्ष गाँउबाटै प्रतिलिटर ४ सयका दरले खुँदो बिक्री भइरहेको छ । यो क्षेत्रका किसानले प्रतिवर्ष कम्तीमा १५ हजार लिटर खँुदो तयार गर्दछन् । तर गाँउका युवाको विदेश मोह र झन्झटीलो काम अनि आम्दानीका अन्य श्रोतका कारण उखु खेतीबाट टाढिने बड्दै गएका छन् ।।
प्रतिक्रिया