जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुग्यो

जापानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । नयाँ वर्षको पहिलो दिन सोमबार जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परआज बिहानसम्म १३ जनाको मृत्यु भएको पुष्टि भएको हो । भूकम्पपाट इशिकावा प्रान्तको वाजिमा सहर सबैभन्दा धेरै प्रभावित भएको छ । वाजिमामा सयौँ घर तथा भवनहरु भग्नावशेषमा परिणत भएका छन् । प्रभावित क्षेत्रमा उद्धार तथा खोज अभियान जारी रहेको छ । लगातारको परकम्प तथा सडकहरुमा भग्नावशेष रहेकाले भूकम्पपछि आगलागी भएका भवनहरुको आगो निभाउन समस्या भएको बताइएको छ । जापानी सेनाले घरबार छोड्नेहरुका लागि खाद्य, खानेपानी र ओढ्ने आपूर्ति गरेको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएकोमा आज बिहानवाट हटाइएको छ । भूकम्पका कारण ११ घण्टासम्म फसेको चार बलुटे ट्रेन आफ्नो स्टेसनमा पुगेका छन । बुलेट ट्रेनमा एक हजार चार सय यात्रु थिए । भूकम्पपछि सबै ट्रेनको सेवा रद्द गरिएको थियो । भुकम्पछि सोमबार राति वाजिमा बन्दरगाहामा १.२ मिटर अग्लो समुद्री छाल ठोक्किएको थियो । भुकम्पपछि कम्तिमा ८५ हजार जापानी सैनिक आपतकालीन अवस्थामा राखिएको छ । शक्तिशाली भूकम्पपछि अहिलेसम्म ४२ भन्दा बढी ठूला पराकम्प गइसकेका छन् । भूकम्पबाट इशिकावा, निगता, फुकुइ, तोयामा र गिफु क्षेत्र प्रभावित भएका छन् । 

प्रतिक्रिया