इङलिस प्रिमियर लिगमा लिभरपुलको तीन अंकको अग्रता
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले तीन अङ्कको अग्रता बनाएको छ । गएराति भएको खेलमा शीर्षस्थानको लिभरपुलले न्युक्यासललाई ४–२ गोलले हराएको हो । लिभरपुलका लागि मोहम्मद सलाहले दुई तथा कर्टिस जोन्स र कोडी गाक्पोले समान एक÷एक गोल गरे । न्युक्यासलका अलेक्जेन्डर इसाक र स्वेन बोटम्यानले एक÷एक गोल फर्काए । जितसँगै लिभरपुलको २० खेलमा ४५ अङ्क भएको छ । दोस्रो स्थानमा रहेको एस्टनभिल्लाको समान खेलमा ४२ अङ्क छ । लिभरपुलसँग पराजित न्युक्यासलको २० खेलमा २९ अङ्क रहेको छ ।
प्रतिक्रिया