सेयर बजारमा ८.७५ अंकको गिरावट
सेयर बजारमा आज ८ दशमलब ७५ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बजार परिसुचक उक्त अंकले घटेपछि २ हजार ६० दशमलब १५ विन्दुमा रोकिएको हो । आज कुल १ करोड १८ लाख ९२ हजार कित्ता सेयर ४ अर्ब ४८ करोड रुपैयाँमा कारोबार भएका छन । आज सबैभन्दा बढी शिवम् सिमेन्टको २० करोडको कारोबार भएको छ । खासगरी वित्त, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त, सामूहिक लगानी कोष, निर्जीवन बीमा र अन्य समूहको सूचक घटेको छ । व्यापार, लगानी, वाणिज्य बैंक र विकास बैंक समूहतर्फ केही हरियो देखिएको छ । आज ७७ कम्पनीको सेयर बढ्दा १ सय ५९ वटाको घटेको छ । १० वटाको मुल्य समान रहेको छ । सीईडीबी जलविद्युत् विकास कम्पनी, चिर्ख्र्वा हाइड्रोको १० प्रतिशतले सेयर बढ्दा लगानीकर्ताले कमाएका छन् । मौलुङ हाइड्रो, मनकामना इन्जिनियरिङलगायतको सेयर भने घटेको छ ।
प्रतिक्रिया