धोती दिवस मनाउने क्रममा सीके राउत माइतीघरवाट पक्राउ

नेपाल प्रहरीले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतलाई पक्राउ गरेको छ । आज राष्ट्रिय धोती दिवस मनाउन बबरमहलबाट माईतीघर मण्डलातर्फ जाँदैगर्दा अध्यक्ष राउतलाई प्रहरीले पक्राउ गरेको हो । राष्ट्रिय धोती दिवस मनाउने समूह निषेधित क्षेत्रतर्फ अघि बढेपछि पक्राउ गरेको प्रहरीले बताएको छ ।  
अध्यक्ष राउतसँगै प्रदर्शनकारीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।प्रदर्शनका क्रममा संघीय, मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी पक्राउ परेको उनको सचिवालयले जनाएको छ ।  माईतीघरदेखि नयाँ बानेश्वरसम्म सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । विद्यार्थी जनमत संघको आयोजनामा भएको राष्ट्रिय धोती दिवसको कार्यक्रमा प्रदर्शनकारीहरुले धोती लगाएर दिवस मनाउँदै धोती हाम्रो शान हो लगायतका नारा लगाएका थिए । 
 

प्रतिक्रिया