अग्रेजी नयाँ बर्ष इस्वी सन् २०२४ आजवाट सुरु, आतसवाजी सहित संसारभर स्वागत

ग्रेगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२४ सुरु भएको छ । जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन् सुरुवात् भएको मानिन्छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विदेशी पर्यटकको भीड भाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा गएराति विविध कार्यक्रम गरेर नयाँ बर्षलाई स्वागत गरिएको छ ।। 

विश्वभर स्वागत 

आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी अग्रेजी  नयाँ वर्ष २०२४ मनाइँदैछ । सबैभन्दा पहिला नयाँ वर्षको स्वागत किरिबातीमा स्वागत गरिएको छ । मध्य प्रशान्त महासागरमा अवस्थित द्वीपमा सुरुमा नयाँ बर्ष मनाइएको छ । यसपछि भव्यताका साथ न्युजिल्यान्डमा नयाँ वर्ष मनाइएको छ । अकल्यान्डको स्काई टावरमा आतिशबाजी गर्दै नयाँ वर्षलाई स्वागत गरिएको थियो । अकल्यान्डमा हजारौँ मानिसहरु नयाँ वर्षको स्वागतका लागि स्काई टावर नजिक भेला भएका थिए ।यसपछि अस्ट्रेलिया, जापान, कोरिया, चीनमा पनि भव्य रुपमा नयाँ वर्ष २०२४ लाई स्वागत गरियो । यस्तै भारत र नेपालमा पनि आइतबार मध्यराति अंग्रेजी नयाँ वर्षको स्वागत गरिएको छ । अस्ट्रेलियाको सिड्नीमा नयाँ वर्षको भव्यताका साथ स्वागत गरियो । यसक्रममा करिब साढे आठ टन आतिशबाजी गरिएको छ । हार्बर ब्रिज तथा ओपेरा हाउसको आकाश रोमाञ्चक र आकर्षक बनेको थियो । सिड्नीका साथै क्याबेरा तथा मेलबर्नमासमेत नयाँ वर्षको स्वागत गर्दै उत्सव मनाइएको छ । 
जापानमा रातिको १२ बजे देशभरका बौद्ध गुम्बाहरुमा घण्टी बजाइएको छ । दक्षिण कोरियाको राजधानी सोल र उत्तर कोरियाको राजधानी प्योङ्गयाङ्गमा हजारौँ मानिस भेला भएर नयाँ वर्षको स्वागत गरेका छन । मध्य पूर्व एसिया र युरोपियन मुलुकहरुले पनि नयाँ वर्ष स्वागत गरेका छन् । लन्डन र फ्रान्समा भव्य आतिशबाजीका साथ नयाँ वर्ष उत्सव मनाइएको छ ।। 

प्रतिक्रिया