सन् २०२३: इजरायल र युक्रेन युद्ध,आर्थिक मन्दी, कोरोना महामारी भने अन्त्य
अंग्रेजी वर्ष २०२३ विश्वभर खासै सुखद रहेन । यो बर्ष युद्ध र आर्थिक मन्दीका विचमा विश्वले गुजारेको छ । इजरायल र हमासबीच अक्टुबर ७ यता युद्ध जारी छ गाजामा २० हजारभन्दा बढी मानिस मारिएका छन् भने १५ लाख विस्थापित भएका छन् । यो बर्ष पश्चिमा राष्ट्रले हतियार दिइरहँदा रुसलाई धेरै हदसम्म रोक्न सकेको युक्रेनले अहिले एक्लो महसुस गरिरहेको छ । यस वर्ष अमेरिकी सिनेटमा युक्रेनलाई दिने भनिएको ६१ अर्ब डलरको सहायता र युरोपेली युनियनले दिने भनिएको ५५ अर्ब डलरको सहायता युक्रेनले प्राप्त गर्न सकेको छैन । रुस युक्रेन युद्ध जारी रहँदै यस वर्ष रुसी सरकारविरुद्ध भाडाको लडाकु समूह वाग्नरले विद्रोहपनि गत बर्ष चर्चामा रहयो । यस्तै २०२३ मा अफ्रिकी मुलुकहरू पनि राजनीतिक अस्थिरता र युद्धको चपेटामा परे । सुडानमा राष्ट्रिय सेना र अर्ध सैनिक बल ¥यापिड सपोर्ट फोर्सबीचको लडाइ हुँदा कम्तीमा ८ हजारले ज्यान गुमाए । माली, बुर्किना फासो, निजेर, गाबोन र मध्य अफ्रिकी गणतन्त्रमा सैनिक कु भए । फेब्रुअरी ६ मा दक्षिणी टर्कीमा ७ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पले टर्कीमा ५० हजारको ज्यान लियो भने सिरियासम्म पुगेको भूकम्पले त्यहाँ १० हजारको ज्यान लियो । सन् २०२३ मा कोरोना भाइरस अन्त्यको घोषणा भयो । सन् २०१९ को अन्त्यदेखि अहिलेसम्म कोरोना भाइरसले झण्डै ७० लाखको ज्यान लिएको छ । नोभेम्बर ३० देखि डिसेम्बर १३ सम्म यूएईको दुबईमा आयोजित राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा पहिलोपटक विश्वका देशहरू जीवाश्म इन्धन प्रयोगमा कटौती गर्न सहमत भए । यस वर्ष जी २०, जी ७, बीआरआई र ब्रिक्स सम्मेलनजस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरू भए । यस वर्ष भारतले आफूलाई अन्तरिक्ष अभियानमा उदय गराउन सफल भएको छ । उत्तर कोरियाले रुसको सहयोगमा पहिलोपटक जासुसी भूउपग्रह अन्तरिक्षमा तैनाथ गरेको छ । चीनमा यस वर्ष दुई प्रभावशाली चिनियाँ पूर्वप्रधानमन्त्री लि खछ्याङको ६८ वर्षको उमेरमा हृदयाघातका कारण मृत्यु भयो । गत ६ मे मा बेलायती राजा चाल्र्स तृतीय र रानी कमिलाको राज्याभिषेक भयो । गत वर्ष शिख नेता हरदिपसिंह निज्जरको हत्या भएपछि क्यानडा–भारत र अमेरिका–भारतको सम्बन्ध चिसिएको छ । त्यसैगरी यो वर्ष न्युजिल्याण्ड, स्पेन, अर्जेन्टिना, माल्दिभ्स्, कम्बोडिया, सिंगापुर, थाइल्यान्ड, फिनल्यान्ड, ग्रिस, हल्यान्ड, पोल्यान्ड, टर्की, पाराग्वे, ग्वाटेमाला, नाइजेरीयालगायतका मुलुकमा आम निर्वाचन सम्पन्न भए ।।
प्रतिक्रिया