बिवाहको फजुल खर्च कटाएर सामाजिक कार्यमा खर्च

गुल्मीमा नव बिवाहित एक दम्पतीले बिवाहमा गर्ने फजुल खर्चलाई कटाएर सामाजिक कार्यमा खर्च गरेका छन । गुल्मीको रेसुङ्गा नगरपालिका ३ अन्र्तगत भाडगाउँका सञ्चारकर्मी समेत रहेका नव बिवाहित मोहन बस्नेतलले बिवाहको भोजमा गर्ने फजुल खर्च रकमबाट गाउँमा गरीब तथा विपन्न नागरिकका लागि विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गरेका हुन । पछिल्ले समयमा विवाहमा फजुल खर्च गर्ने परम्परा बढ्दै गएको कारण त्यसलाई निरुत्साहित गर्नका लागि बिवाहको भोजभतेरमा गर्ने खर्चले सामाजिक काममा पनि प्रयोग गर्न सकिन्छ भन्ने उद्देश्यले  शिबिर गरेको उनको भनाइ छ ।   शिविरमा महिला तथा स्त्री रोग विशेषज्ञ, छाती तथा मुटु रोग विशेषज्ञ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ र नशा तथा मनोरोग विशेषज्ञ डाक्टरहरुद्वारा निशुल्क स्वास्थ्य परीक्षणका अतिरिक्त बिरामीहरुका लागि निःशुल्क रुपमा औषधिको समेत बितरण गरिएको थियो । शिबिरमा चार सय भन्दा बढी बिरामीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो । गुल्मी रेसुङ्गा नगरपालिका ११ राङ्बासका गुणाखर पाण्डेले पनि विवाहको फजुल खर्चलाई कटाएर आफुले अध्यन गरेको विद्यालयमा अक्षय कोष स्थापनाका लागि सहयोग गरेका छन । पाण्डेयले स्थानीय भगवती माध्यमिक विद्यालय र राङ्बास माविलाई रु ५०÷५० हजारको अक्षयकोष स्थापनाका लागि विद्यालयलाई अक्षय कोष स्थापनाका लागि सहयोग गरेका हुन ।

प्रतिक्रिया