बालकुमारीमा दुई युवाको मृत्यु घटनाको विरोधमा सुर्खेतमा आन्दोलन
ललितपुरमा शुक्रबार दुई युवाको प्रहरीको गोली लागि मृत्यु भएको घटनाको विरोधमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आन्दोलन चर्केको छ । संघर्ष समिति सुर्खेतले आज सुर्खेतका सम्पूर्ण सरकारी सवारी साधन पूर्णरुपमा बन्द घोषणा गरेको छ । आन्दोलनका कार्यक्रम अन्तरगत सम्पूर्ण सरकारी सवारी साधन पूर्णरुपमा बन्द गर्ने र दिउँसो १२ बजेदेखि १ बजेसम्म एक घण्टाका लागि सम्पूर्ण सवारी साधन बन्द गर्ने निर्णय संघर्ष समितले गरेको हो । हिजो पनि सुर्खेतमा घटनाको विरोध गर्दै प्रदर्शन भएको थियो । शुक्रबार बालकुमारीमा ईपीएस कोरिया भाषा परीक्षाको विषयमा भएको आन्दोलनमा प्रहरीको लाठिचार्ज तथा गोली प्रहारबाट दैलेखका सुजन रावत र अछाममा वीरेन्द्र शाहको मृत्यु भएको थियो ।
प्रतिक्रिया