भूकम्प प्रभावित ३३ हजार ५४९ जनाले गरे पहिलो किस्ताको सम्झौता

भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम, बाजुरा, सल्यान र बझाङका ३३ हजार ५ सय ४९ जनाले अस्थायी आवासमा पहिलो किस्ताका लागि सम्झौता गरेका छन । त्यसका लागि जिल्ला विपद् कोष हुँदै स्थानीय पालिकाबाट लाभग्राहीको खातामा रकम पठाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । भुकम्प प्रभावित क्षेत्रमा हालसम्म पाँच जिल्लामा ६७ हजार ७ सय ८० लाभग्राही कायम भएका छन रु। यसमा आधाभन्दा केही बढीले मात्र रकम सम्झौता गरेका हुनरु। सम्झौता गर्न बाँकी लाभग्राहीको संख्या ३४ हजार २ सय ३१ छरु। जाजरकोटमा १५ हजार ३ सय ९ जनाले मात्र सम्झौता गरेका छनरु।  लाभग्राहीको संख्या ३५ हजार १ सय ४० छरु। रुकुम पश्चिममा १७ हजार ४ सय ३४ लाभग्राही मध्ये १६ हजार ३ सय २३ जनाले किस्ताका लागि सम्झौता गरेका छन । सल्यानमा १ हजार ७ सय ३० लाभग्राही रहेकामा ५ सय ८० जनाले सम्झौता गरेका छन । आवास निर्माणका लागि सम्झौता गर्नेले पहिलो किस्ताका रूपमा २५ हजार रुपैयाँ र घर बनाएपछि दोस्रो किस्तामा त्यति नै रकम पाउनेछन ।  भूकम्प प्रभावित जिल्लाका लागि भनेर प्राधिकरणले २ अर्ब २६ करोड रुपैयाँ जिल्ला विपद् कोषमा पठाएको छ ।

प्रतिक्रिया