खाता वन समितिले वन्यजन्तुवाट मृत्यु भएकाको परिवारलाई सहयोग गर्ने

बर्दियाको मधुवन नगरपालिका– ३ मा रहेको खाता सामुदायिक वन समन्वय समितिले वन्यजन्तुको आक्रमण परि ज्यान गुमाएकाहरुको आफन्तलाई आय आर्जनमा सहयोग गर्ने भएको छ । मधुवन नगरपालिकाको १ देखि ५ नम्बर वडामा बसोबास गर्ने वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाएकाका आश्रित १६ घरपरिवारका सदस्यहरुलाई दैनिक जिवन सहज गराउनका लागि सहयोग गर्न लागिएको समितिले जनाएको छ ।  
वन्यजन्तु आक्रमणबाट पीडित परिवारहरुले भने आफूहरुले राज्यको कुनै पनि निकायबाट सहयोग नपाएको गुनासो गरेका छन् । वन्यजन्तुको आक्रमणमा पर्ने त्रासमा बाँच्नु परेको भन्दै उनीहरुले आफूहरु भोटबैंक र कर तिर्ने मेसिन मात्र बनाएको दुःखेसो समेत पोखे । 
आर्थिक बर्ष ०७०/०७१ देखि ०८०/०८१ सम्ममा खाता सामुदायिक वन समन्वय समिति अन्तर्गतका क्षेत्रमा वन्यजन्तुको आक्रमणमा परि १६ जनाले ज्यान गुमाएका थिए । जसमध्ये १२ जना बाघ, २ जना गैडा र २ जना हात्तिको आक्रमणमा परेका थिए ।।

प्रतिक्रिया