रुसको बेल्गोरोड क्षेत्रमा युक्रेनको घातक हवाई आक्रमण, कम्तिमा २० जनाको मृत्यु

रुसको बेल्गोरोड क्षेत्रमा युक्रेनले गरेको हवाई हमलामा कम्तिमा २० जना मारिएका छन् । युक्रेनले लगातार क्षेप्याष्त्र प्रहार गर्दा २० जना रुसी सर्वसाधारणको मृत्यु भएको मस्कोले पुष्टी गरेको हो । युक्रेनसँगको सिमा नजिकको रुसी शहरमा गरिएको आक्रमणमा थप एक सय जना घाइते भएका छन् । यो आक्रमणलाई रुस युक्रेन युद्ध सुरु भएयताकै युक्रेनले रुसमा गरेको सबैभन्दा घातक हमला भनिएको छ । शनिबार गरेको कारवाहीमा सैन्य पूर्वाधारलाई मात्र निशाना बनाइएको र सर्वसाधारण नागरिकको बसोबास रहेको स्थानमा आक्रमण नगरिएको दाबी गरेको छ । रुसले भने आक्रमणमा चेक गणतन्त्रमा बनेका रकेटहरुसमेत प्रयोग भएको भन्दै राष्ट्रसंघको सुरक्षा परिषदमा खबरदारी गरेको छ । युक्रेनको ड्रोन आक्रमणलाई निष्तेज पार्न नसकेकोमा रुसी वायु रक्षादलको कमजोरी भएको रसिया सरकारको भनाई छ । शुक्रबार रुसी आक्रमणमा ३९ जनाको ज्यान गएपछि युक्रेनले जवाफी आक्रमण गरेको हो । 
 

प्रतिक्रिया