बालकुमारी घटनाबारे आपत्ति जनाउँदै सचेत नागरिक समाजले ग¥यो बिरोध
काठमाडौ । सचेत नागरिक समाजले ललितपुरको बालकुमारीमा बिहीवार भएको घटनाबारे आपत्ति जनाउँदै सरकारको बिरोध गरेको छ । शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समाजले आफ्ना नागरिकको रक्षा गर्ने दायित्व बोकेको राज्यले निहत्था नागरिकको हत्या गर्न नमिल्ने भन्दै विरोध जनाएको हो । समाजले निहत्था नागरिकमाथि सरकारले कुन आधारमा गोली चलाएको हो भन्ने कुराको छानबीन गर्न माग समेत गरेको छ । उनीहरुले राज्यले निहत्था नागरिकमाथि गोली प्रहार गरी हत्या गर्नु लोकतन्त्रको सबैभन्दा खराब पक्ष रहेको जिकिर समेत गरे ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले जनता मार्ने अधिकार सरकारलाई नरहेको पनि स्पष्ट पारे । बिहीवार ललितपुरको बालकुमारीमा इपिएस परीक्षा दिन पाउनुपर्ने मागसहित केही विद्यार्थीहरुले गरेको आन्दोलनका क्रममा प्रहरीको बल प्रयोगबाट दुई युवाको मृत्यु भएको थियो । दुई युवकहरुको ज्यान गएपछि सरकारको चौतर्फि आलोचना भइरहेको छ ।
प्रतिक्रिया