इपिएस परीक्षामा सामेल गराउन उच्च अदालतको आदेश

उच्च अदालत पाटनले 'शीप बिल्डिङ' तर्फ आवेदन दिएका सबैलाई 'म्यानुफ्याक्चरिङ' क्षेत्रको काममा कोरिया जान आवश्यक कोरियन भाषा परीक्षा (इपिएस) मा सहभागी गराउन आदेश दिएको छ। 

उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले शुक्रबार आन्दोलनरत सबैलाई परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको हो । इपिएस परीक्षामा सहभागी हुन नपाएको भन्दै शुक्रबार ललितपुरको ग्वार्कोमा प्रदर्शन भएको छ। त्यसक्रममा ग्वार्कोमा इपिएस परीक्षार्थीहरूले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५९६१ नम्बरको गाडीमा आगजनी भएको थियो। 

त्यसपछि प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरीले बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको छ। 

प्रतिक्रिया