बालकुमारी गाडीमा आगजनी घटना: घाइते अर्का युवकको पनि मृत्यु

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएकोमा विरोध जनाउँदै प्रदर्शनमा उत्रिएका युवा र प्रहरीबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रवार ललितपुरको बालकुमारीमा भएको बिरोध प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा परी दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको प्रहरीले जनाएको छ । प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा परी घाइते भएका दुवै जनाको उपचारका क्रममा निधन भएको हा । मृत्यु भएकामध्ये वीरेन्द्र साहको ठेगाना भने डोटी वा अछाम भन्ने स्पष्ट भइ नसकेको प्रहरीले जनाएको छ । प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने बा२झ ५८६१ नम्बरको गाडीमा आगजनी गर्नुका साथै अन्य सवारी साधनमा तोडफोड समेत गरेका थिए । ईपीएस कोरिया शाखाले सिपबिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि बाँकीले आन्दोलन गरेका हुन् । उच्च अदालत पाटनको अन्तरिम आदेशपछि इपिएस कोरिया शाखा कार्यालय ग्वार्कोले सुरज पाठकसहित १८ जनालाई मात्रै आवेदन फाराम भर्नका लागि बोलाएको थियो । सो निर्णयमा असन्तुष्टि जनाउँदै युवाहरुले प्रदर्शन गरेका हुन् । 

प्रतिक्रिया