विश्वविद्यालय सुधारको माग गर्दै विद्यार्थीले शुरु गरे ‘विश्वविद्यालय सडक बहस’

विश्वविद्यालय सुधारको माग गर्दै विद्यार्थीहरुले विश्वविद्यालय सडक बहस शुरु गरेका छन् । आज काठमाडौंमा नेपाल ल क्याम्पस अगाडि विद्यार्थीहरुले विश्वविद्यालयको सुधारको माग राख्दै विश्वविद्यालय सडक बहस शुरु गरेका हुन् । उनीहरुले विश्वविद्यालयमा राजनीतिक भागबण्डा अन्त्य हुनुपर्ने, शिक्षा प्रणाली गुणस्तरीय बनाउनुपर्ने, विश्वविद्यालयलाई डिजिटलाइजेशन गर्नुपर्ने लगायतका माग राखेका छन् ।
विश्वविद्यालयमा राजनीतिका कारण शिक्षक र कर्मचारी नियुक्ति हुन नसकेको समस्यालाई हटाइ गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने मागसहित विश्वविद्यालय सडक बहस शुरु गरेको विद्यार्थीको भनाइ छ।  कार्यक्रममा सहभागी अन्य विद्यार्थीहरुले विश्वविद्यालय सुधारको बहस सडक र सदनमा पनि उठाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । उनीहरुले विश्वविद्यालयहरुलाई छाता ऐन चाहिएको र अबको विश्वविद्यालय विषयगत विश्वविद्यालय हुनुपर्ने बताएका छन् ।
 

प्रतिक्रिया