ईपीएस परीक्षाको विषयलाई लिएर युवाहरुले जलाए मन्त्री ज्वालाको गाडी, अवस्था तनावग्रस्त
कोरियन भाषा परीक्षामा सहभागी नगराएको भन्दै विरोध प्रदर्शमा उत्रिएका युवाहरूले सरकारी गाडीमा आगजनी गरेका छन् । युवाहरूको समूहले ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री चढ्ने गाडीमा आगजनी गरेका हुन । मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी युवाको समूहले आगजनी गरेको हो । मन्त्री ज्वाला र सुरक्षाकर्मीलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएको प्रतक्ष्यदर्शीले बताएका छन । गाडीमा आगो लागेपछि बालकुमारी क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो । स्थिती नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज समेत गरेको छ । प्रहरीको लाठी लागेर केही प्रदर्शनकारी घाईते भएका छन । आन्दोलनका कारण केही समय कोटेश्वर–कलंकी सडकको यातायात प्रभावित भएको छ । ईपीएस कोरिया शाखाले सिपबिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि बाँकीले आन्दोलन थालेका हुन् । उच्च अदालत पाटनको अन्तरिम आदेशपछि इपिएस कोरिया शाखा कार्यालय ग्वार्कोले सुरज पाठकसहित १८ जनालाई मात्रै आवेदन फाराम भर्नका लागि बोलाएको थियो । सो निर्णयवा असन्तुष्ट युवाले आज प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया