सन्दीप लामिछाने बलात्कार मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरूद्धको बलात्कार सम्बन्धी मुद्दा आजपनि सुनुवाइ हुँदैछ । न्यायाधीश शिशिरराज ढकालको इजलासमा रहेको बिहीबार  हेर्दाहेर्दैमा राखिएको थियो । मुद्दामा आइतबारदेखि निरन्तर सुनुवाइ हुँदै आएको छ  । अन्तिम बहसका लागि दैनिक पेशीमा चढेको मुद्दामा आज पीडित पक्षका थप कानुन व्यवसायीले बहस गर्नेछन । सन्दीपतर्फ कै कानुन व्यवसायी ५ जनाले आज बहस गरेपछि जवाफी बहस सकाएर मुद्दाको फैसला आउने सम्भावना छ । सर्वोच्च अदालतले यो मुद्दालाई फास्ट ट्र्याक अर्थात प्राथमिकतामा राखेर छिटोभन्दा छिटो टुंगो लगाउनसमेत आदेश गरिसकेको मुद्दा लम्बिँदै गएको छ । २०७९ कात्तिकदेखि क्रिकेटर लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालतमा ४० पटकसम्म पेसी चढिसकेको छ ।  हेर्न नभ्याइने, हेर्न नमिल्ने, प्रमाण माग्ने आदेश, हेर्दाहेर्दैमा अल्झिरहेको बलात्कारजस्तो संवेदनशील मुद्दामा ढिलासुस्ती हुँदै आएको छ । क्रिकेटर लामिछानेमाथि नाबालिका बलात्कारको आरोप छ। उनलाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत पाटनले २० लाख धरौटीमा छुटेका थिए । 
 

प्रतिक्रिया