प्रधानमन्त्री कार्यालयको ६८ वटा दरबन्दी कटौती गर्ने मन्त्रिपरिषद्को निर्णय

गहुँको न्युनतम समर्थन मूल्य ३६ सय ५० रुपैयाँ तोकियो

सरकारले प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाको काम सुरु गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पुनः संरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृति गर्दै दरवन्दी कटौती गर्ने निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । 
प्रधानमन्त्रीले मंगलबार राष्ट्रका नाममा संबोधन गर्ने क्रममा पनि चुस्तदुरूस्त सरकारी संरचना बनाइने र त्यसको सुरूआत प्रधानमन्त्री कार्यालयबाटै गर्ने बताएका थिए । सरकारले २०८०/०८१ को लागि गहुँको न्युनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार ६ सय ५० रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमतर्फ रिक्त सदस्यसचिव पदमा महेश भट्टराईलाई नियुक्त गरेको छ । 

प्रतिक्रिया