घरजग्गा हदबन्दी समस्या सम्बोधन गर्न सरकार प्रयत्नरत छ: मन्त्री श्रेष्ठ

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले घरजग्गा कारोबारमा रहेको हदबन्दीको समस्या सम्बोधन गर्न मन्त्रालय प्रयत्नरत रहेको बताएकी छन् । बिहीवारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको आठौं घरजग्गा मेलाको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले रियल स्टेट क्षेत्रको विकासमा महत्वपूर्ण प्रभाव पार्ने जग्गाको हदबन्दी हटाउने विषयलाई मन्त्रालयले राम्रोसँग बुझेको र सोहीअनुसार काम गरिरहेको बताएकी हुन् । उनले घरजग्गा कारोबारलाई निष्पक्ष र पारदर्शी बनाउन सरकार भूमि बजार सम्बन्धी कानून निर्माण गर्ने तयारीमा जुटेको पनि जानकारी दिईन् ।  
कार्यक्रममा निजी क्षेत्रले सरकारले चालु आर्थिक वर्षको पूँजिगत खर्चलाई बढाउनुपर्ने बताए । उनीहरुले अर्थतन्त्र चलायमान बनाउन मद्द पु¥याउने घरजग्गा कारोबारलाई अझ व्यवस्थित गरी व्यवसायीहरुलाई खुला रुपमा काम गर्ने वातावरण बनाउन सरकारलाई आग्रह पनि गरे । 
पुस १५ गतेसम्म चल्ने मेलामा मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगा लगायत निर्माण सामग्री राखिएको छ । मेलाले क्रेता र बिक्रेताहरुबीचको असमझदारीलाई सम्बोधन गर्ने र अहिलेको अवस्थामा आर्थिक अवस्थालाई चलायमान बनाउने विश्वास लिईएको छ ।

प्रतिक्रिया