कोशी प्रदेश प्रधानमन्त्री कप क्रिकेटको प्लेअफमा

मधेशद्वारा लुम्बिनी ८ विकेटले पराजित

कोशी प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्लेअफमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै कोशीले प्लेअफमा स्थान सुरक्षित गरेको छ । जितका लागि पाएको ११९ रनको लक्ष्य कोशीले १७.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको हो । कोशीका लागि काजल श्रेष्ठले ५४ र रुबिना क्षेत्रीले ५१ रनको अर्धशतकीय पारी खेले । सुदूरका लागि अनु कडायतले २ विकेट लिईन् । त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ३ विकेट गुमाउँदै ११८ रन बनाएको थियो । सुदूरका लागि ओपनर बिन्दु रावलले सर्वाधिक ३३, सम्झना खड्काले २७, कविता जोशीले २६ रेवती धामीले अविजित २० रन बनाईन् । कोशीका लागि सबनम राई र अप्सरी बेगमले समान १÷१ विकेट लिए । ६ मध्ये ५ खेलमा जित निकाल्दै कोशी प्लेअफमा पुगेको हो । प्रतियोगिता अन्तर्गत आजै मुलपानी मैदानमा भएको खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई ८ विकेटले हराएको छ । जितका लागि पाएको ९७ रनको सामान्य लक्ष्य मधेशले १८.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । यो खेलपछि मधेस र लुम्बिनीको समान ६ खेलबाट ४ अंक भएको छ । रनरेटमा लुम्बिनी पाँचौ र मधेश छैटौं स्थानमा छन् । यी दुवैको शीर्ष ४ मा पर्दै प्लेअफमा पुग्ने गणितीय संभावना भने कायमै रहेको छ । राउन्ड रोबिनको आधारमा चलिरहेको  खेलमा सबै टोलीले एक अर्कासँग खेल्नेछन् ।।
 

प्रतिक्रिया