सुनकोशी–मरिण डाइभर्सन सुरुङ खन्ने वोरिङ मेसिन जाममा

सिन्धुलीमा सुनकोशी–मरिण डाइभर्सनको सुरुङ खन्ने मेसिन एक महिनादेखि जाममा परेको छ ।सिन्धुलीमा सञ्चालित सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुुरुङ गर्ने टनेल वोरिङ मेसिन टिविएम एक महिना यतादेखि सुचारु हुन नसकेको हो । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये १० दशमलव ५ किलोमिटर सुरुङ निर्माण भइसकेको अवस्थामा गिलो माटोको पहिरो आएर टिविएम जाममा परेको जनाइएको छ । लगातार टिविएम जाममा पर्दा आयोजना र सुरुङ खन्ने जिम्मा पाएको चिनियाँ ठकेदार कम्पनी कोवेकलाई करोडौको नोक्सानी भइरहेको छ । यसपटक सुरुङ खन्ने टनेल बोरिङ मेसिन टीबीएमलाई पहिरोले थिचेपछि एक महिनादेखि डाइभर्सनको सुरुङ निर्माण कार्य रोकिएको छ । 

प्रतिक्रिया