मिशिगन अदालतद्वारा राष्ट्रपति चुनावमा ट्रम्पलाई रोक्ने विपक्षीको आरोप अस्वीकार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को वर्षको राष्ट्रपति चुनावमा अयोग्य बनाउने विपक्षीको प्रयास मिशिगन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।मिशिगन अदालतले अर्को वर्ष हुने पहिलो चरणको मतदानमा डोनाल्ड ट्रम्पलाई सहभागी हुनबाट रोक्ने विपक्षीहरूको प्रयासलाई अस्वीकार गरेको हो । सन् २०२१ मा अमेरिकी संसद् भवनमा भएको आक्रमणमा डोनाल्ड ट्रम्पको भूमिकालाई लिएर चुनाव लड्न अयोग्य बनाउने कि नगर्ने भन्ने निर्णय गर्न न्यायाधीशहरूले निर्वाचन अधिकारीहरूलाई बाध्य पार्नुपर्ने पूर्व राष्ट्रपति ट्रम्पका विरोधीहरूको माग थियो । तर उच्च अदालतको संक्षिप्त फैसला पुनरावलोकन मिशिगन अदालतले गर्नुपर्छ भन्ने कुरामा विश्वस्त हुन नसकेको उल्लेख छ । ट्रम्पलाई धेरै राज्यमा रोक्नका लागि गरिएको यो पछिल्लो प्रयास हो । यसअघि कोलोराडो सर्वोच्च अदालतले प्राथमिक मतदानमा सहभागी हुन रोकेको थियो । 
 

प्रतिक्रिया