स्वदेशमै उत्पादन हुने अलैँची निर्यातमा वृद्धि

अधिकांश वस्तुको निर्यात घटिरहेका बेला स्वदेशमै उत्पादन हुने अलैँचीको निर्यात भने वृद्धि भएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा करिब चार अर्ब रुपियाँ बराबरको अलैँची निर्यात भएको हो ।  भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि मङ्सिरसम्म तीन अर्ब ९८ करोड ६१ लाख पाँच हजार रुपियाँ बराबरको २३ लाख ७४ हजार १ सय १० केजी अलैँची आयात भएको हो छरु। गत आवको सोही अवधिमा दुई अर्ब ७२ करोड ८२ लाख ६५ हजार रुपियाँ बराबरको ११ लाख ३४ हजार १२७ केजी निर्यात भएको छरु। गत वर्षको तुलनामा पाँच महिनामा एक अर्ब २६ करोड रुपियाँले अलैँची निर्यातमा वृद्धि भएको छरु। अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गएकाले निर्यातमा उलेख्य वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी अलैँचीको माग बढेसँगै वार्षिक रूपमा अलैँची निर्यात बढ्दै गएको तथ्याङ्कले देखाएको छरु। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १५ हजार ९ सय ७५ हेक्टर क्षेत्रफलमा आठ हजार ७१४ मेट्रिक टन अलैँची उत्पादन भएको छरु। यस्तै आव २०७७/७८ मा १५ हजार ६ सय ६८ हेक्टर क्षेत्रफलमा आठ हजार २८९ मेट्रिक टन अलैँची उत्पादन भएको छ। 

प्रतिक्रिया