जलवायु क्षेत्रमा आएका विदेशी सहयोगहरु नेपालले खर्च गर्न सकेन: वनमन्त्री महतो

वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले जलवायु क्षेत्रमा आएका विदेशी सहयोगहरु नेपालले खर्च गर्न नसकेको बताएका छन । आज काठमाडौंमा आयोजित विश्व जलवायु सम्मेलन को उपलब्धि र आगामी कार्यदिशाबारे गोष्ठीमा उनले विदेशी दाताले दिएको ४६ करोड रुपैयाँ तीन वर्ष भइसक्दासमेत नेपालले खर्च गर्न नसकेको गुनासो गरेका हुन । मन्त्री महतोले जलवायु परिवर्तनबाट भएका असर न्युनिकरणका लागि विदेशीको मात्रै मुख ताक्ने नभइ आफूले पनि पहलकदमी थाल्नुपर्ने आवश्यकता औंल्याए । 
मन्त्री महतोले जलवायु परिवर्तन सम्बन्धी काम गर्ने कर्मचारीहरु मन्त्री फेरिएसँगै फेरिने भन्दा पनि उनीहरुलाई सोही क्षेत्रमा राखेर विज्ञ बनाइ आगमी कोपका लागि तयार गर्नुपर्ने स्पष्ट पारे । कार्यक्रममा जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले विश्व जलवायु क्षेत्रमा पर्वतीय क्षेत्रको मुद्दा उठ्नु सकारात्मक भएको बताए ।  
छलफलमा सहभागीहरुले पर्वतीय मुद्दा, हिमाल र हिउँ पग्लिने मुद्दाले विशेष स्थान पाउनु र सो कुरा प्रतिवेदनमै समेटिनुले पर्वतीय मुद्दाहरुको विषय पेचिलो बनेको स्पष्ट पारे । कोप २८ मा २०१० मा भएको सम्झौताअनुसार विकासोन्मुख देशलाई सय बिलियन अमेरिकी डलर बराबरको रकम दिन नसक्नु भने कमजोरीका रुपमा विज्ञले औल्याएका छन । 

प्रतिक्रिया