राष्ट्रपति पौडेलद्वारा बाग्लुङको कालिका भगवती मन्दिरमा पूजाअर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालिका भगवती मन्दिरको दर्शन गरेका छन । राष्ट्रपति पौडेलले आज विहान पौने एघार बजे बाग्लुङ नगरपालिका एकमा अवस्थित धार्मिक शक्तिपिठमा पूजापाठ गरेका हुन । भगवती मन्दिरमा पूजा गरेकोमा कालिका गुठी व्यवस्थापन समितिले कृतज्ञता ज्ञापन गरेको छ । राष्ट्रपति पौडेललाइ गुठीको तर्फबाट अध्यक्ष खड्काले कालीका भगवती मन्दिरको मन्दिर मायाको चिनो प्रदान गरेको हो । कालिका भगवती मन्दिर दर्शन लगत्तै बागलुङ नगरपालिका ४ कुडुलेमा रहेको रङ्गबैकेटेश्वर मन्दिर शालग्राम संग्रहालयको पनि राष्ट्रपतिले अवलोकन गरेका छन । राष्ट्रपति पौडेलले आजै बाग्लुङ महोत्सवको उदघाटन गर्ने कार्यक्रम छ । 
 

प्रतिक्रिया