एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आजदेखि काठमाडौंमा

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । तीन दिनसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरमा छलफल हुनेछ । विधान संशोधनका लागि आगामी माघ चौध र पन्ध्र गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने तय भइसकेको छ ।बैठकमा पार्टी अध्यक्ष माधव नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले सांठनिक प्रतिवेदन पेस गर्नेछन् । बैठकमा देशभर पार्टी संगठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल हुने नेताहरुले बताएका छन । बैठकवाट प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी तोक्ने तयारी छ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीकातर्फबाट उमेदवारको छनोटका लागि मापदण्ड तय गर्ने, संगठन विस्तार तथा पार्टीको आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनापनि छलफलको सूचिमा छ । 
 

प्रतिक्रिया