गाजामा इजरायल आक्रमणवाट एकै दिन २४१ जनाको मृत्यु

इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा कम्तिमा थप २ सय ४१ जनाको मृत्यु भएको छ । इजरायली सेनाले गरेको ड्रोन र भूमिगत आक्रमणका कारण प्यालेस्टिनीहरु मारिएका हुन । घाइतेको उपचारकालागि इजरायली सेनाले अवरोध गरेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । स्वास्थ्यकर्मीलाई समेत उपचार नगर्न इजरायली सेनाले उर्दी जारी गरेको छ । एम्बुलेन्स चलाउन रोक लगाएपछि ड्रोन हमलाबाट घाइते भएकाहरु उपचार नपाएर छटपटाउनुपर्ने अवस्था देखिएको छ । दैनिक सयौं नागरिकको मृत्यु भइरहदा शव व्यवस्थापनमा समेत कठिनाइ भइरहेको छ । आज विहान पनि गाजामा शक्तिशाली विष्फोटको आवाज सुनिएको छ । प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासले आफ्ना नागरिकविरुद्ध इजरायलले गम्भिर अपराध गरिरहेको टिप्पणी गरेका छन् । इजरायलले भने  हमास समाप्त नभएसम्म गाजामा सैनिक अभियान नरोक्ने चेतावनी दिदै आएका छन । इजरायलयको आक्रमणवाट गाजामा २१ हजार प्यालेस्टाइनीको मृत्यु भइसकेको छ । ५० हजार भन्दा बढी घाइते भएका छन । 

प्रतिक्रिया