भूकम्प पीडितहरुका लागि ८ सय थान टेन्ट वितरण

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुका लागि आठ सय थान विन्टराइजेशन टेन्ट वितरण गरिएको छ । युरोपेली संघले उपलब्ध गराएको टेन्ट सेभ द चिल्ड्रेनमार्फत वितरण भएको हो ।  वितरण गरिएका टेन्टहरु अरु सामान्य टेन्टहरुभन्दा फरक तथा चिसो मौसमलाई लक्षित गरी विशेष तवरले बनाइएको आगो नलाग्ने, पानी नपस्ने र चुल्होयुक्त रहेका छन । 
वितरण गरिएका टेन्ट २ वर्षभन्दा मुनिका  बालबालिका भएको घर, ५ महिनाभन्दा माथिको गर्भवती भएको घर,  क र ख वर्गमा पर्ने अपांगता भएका व्यक्तिहरुका घरहरु र बस्न लायक नभएका घरहरुलाई लक्षित छन । सेभ द चिल्डेनले बालबालिका र उच्च जोखिममा रहेका व्यक्तिहरुको संरक्षण गर्न भूकम्प प्रभावित समुदायहरुको लागि अस्थायी बासस्थल निर्माण, मनोसामाजिक सहयोग र बालबालिकाको लागि वैकल्पिक शिक्षा तथा बाल हेरचाह केन्द्र सम्बन्धी सहयोग प्रदान गर्दै आएको छ । यसैविच महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले जाजरकोटको भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेका छन ।।
 

प्रतिक्रिया