गाजामा आक्रमण तिब्र, राष्ट्रसंघलाई अवरोध हुँदा  घाइतेको उपचारमा कठिनाइ

 इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धग्रस्त क्षेत्र गाजाको भ्रमण गरेका छन । भ्रमणकै क्रममा उनले हमासलाई समाप्त पार्ने र बन्धकहरुलाई जुनसुकै हालतमा पनि फिर्ता ल्याउने दाबी गरेका छन । सैन्य अभियान बिना हमासको कब्जामा रहेका बन्धकहरुको रिहाइ सम्भव नभएको भन्दै उहाँले युद्ध लडेरै बन्धक रिहा गर्ने उनको भनाइ छ । गाजामा युद्ध नरोक्ने इजरायलको अडानप्रति इजरायली बन्दीका परिवारलेसमेत विरोध गरेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजा क्षेत्रको भ्रमणबाट फबिर्कए लगत्तै लडाईंको अवधि लम्बिने र नटुंगिने बताइरहँदा संसद भवनमा प्रदर्शन भएको हो । गाजामा बन्धकका बनाइएकाहरुको परिवारले संसद भवनमा आफ्ना आफन्तको तस्बिर र नाम पनि देखाएका थिए । यता इजिष्टले भने दुइपक्षबीच युद्धविरामको प्रस्ताव पुन अघि सारेको छ । हमासको कब्जामा रहेका बन्धकहरुको रिहाइका लागि युद्धविराम जरुरी रहेको भन्दै इजिष्टले युद्धविरामको प्रस्ताव अघि सारेको हो ।यद्दपी दुवै पक्षले युद्धविरामको प्रस्तावलाई अस्वीकार गर्दै आएको छ । यसैविच संयुक्त राष्ट्रसंघले इजरायली हवाई आक्रमणबाट घाइते भएकाहरुको उपचारमा कठिनाइ भएको जनाएको छ । गाजाको पछिल्लो अवस्थाको अनुगमन गर्न गाजा पुगेका राष्ट्रसंघीय अधिकारीले आक्रमण नरोकिदा घाइतेको संख्या दिनहुँ बढ्दै गएको बताएका छन् । राष्ट्रसंघका अनुसार विरामीहरु उपचार गर्न संघर्ष गरिरहेका छन् । अस्पतालमा विरामी राख्ने ठाउ समेत छैन । संयुक्त राष्टसंघको मानवीय एजेन्सीका जेम्मा कोनेलले गाजाको अल अक्सा अस्पतालमा देखिएको दृष्यलाई पूर्ण नरसंहारका रुपमा व्याख्या गरेका छन् । अस्पताल भरिभराउ भएपछि गम्भीर घाइतेहरुको समेत उपचार हुन सकिरहेको छैन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलले आफ्नो आक्रमण कम गर्नु पर्ने बताए लगत्तै नेतान्याहुले इजरायल थप आक्रामक रणनीतिमा लागेको सन्देश दिएका हुन । अक्टोबर ७ देखि इजरायली हवाई र भूमि आक्रमणको परिणाम स्वरूप २० हजार ६ सय ७४ जनाको मृत्यु भएको तथा ५४ हजार ५ सय ३६ जना घाइते भएका छन् । 
 

प्रतिक्रिया