ध्यान शिविरहरुका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य: योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश  भट्टराईले ध्यान शिविरहरुका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य भएको बताएका छन । नागपुरको रेसिमबाग मैदानमा सञ्चालित ध्यान शिविरमा सहभागी हुँदै उनले ध्यान शिविरहरु नेपालमा पनि सञ्चालन गर्न आवश्यक रहेको बताएका हुन । सचिव भट्टराईले सो शिविरलाई हिमालय ध्यान शिविरको रुपमा चित्रण गर्दै त्यस्तो ध्यान शिविर नेपालमा पनि सञ्चालन गर्नुपर्ने आवश्यक्ता औंल्याए ।
सचिव भट्टराईले हिमालय क्षेत्रबाट नै सो शिविर प्रादुर्भाव भएकाले नेपाल यसको पेटेन्ट राईट मुलुक भएको जिकिर समेत गरे ।  त्यस्ता खालको ध्यान शिविरहरुमा लागि नेपाल विश्वकै सुन्दर ठाउँ भएकाले नेपालले पनि त्यस्ता सामुहिक ध्यान शिविर सञ्चालन गर्दै अघि बढ्नसक्ने समेत उनको भनाइ छ । पुस ३ गतेबाट शुरु भएको सो ध्यान शिविर १० दिनसम्म चल्नेछ । शिविरमा ७० राष्ट्रका करिव १ लाख ५० हजार साधकको सहभागिता छ । 
 

प्रतिक्रिया