वायुसेवा निगम र थाइ एयरवेजबीच ग्राउण्ड ह्याण्डलिङ सेवा सम्झौता

नेपाल वायुसेवा निगमसँग थाइ एयरवेजले ग्राउण्ड ह्याण्डलिङ सेवा लिन शुरु गरेको छ ।  नेपाल वायुसेवा निगम र थाइ एयरवेजबीच ग्राउण्ड ह्याण्डलिङ सेवा सम्झौता भएको हो । नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ सेवालाई अझै राम्रो बनाउन थाइ एयरवेजले ८० थान ग्राम ग्राउण्ड ह्याण्डलिङ सम्बन्धित सामग्रीहरु समेत नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गरेको छ ।  सामग्रीहरु नेपाल वायुसेवा निगमको स्वामित्वमा रहेगरी निगमका तर्फबाट कार्यकारी अध्यक्ष युवराज अधिकारी र थाइ एयरवेजको तर्फबाट थाइ एयरवेजका वेस्टर्न एण्ड मिडिल इस्ट मामिला प्रमुख नारिन्तोर्न सुक्कासियमले हस्ताक्षर भएको निगमका प्रवक्ता रमेश पौडलले बताए । 
थाइ एयरवेजले नेपाल एयरलाइन्समाथि विश्वास गर्नु एयरलाइन्समाथि भएको आक्रमण र उठेको प्रश्नको जवाफ भएको निगमको भनाइ छ । गत मंसिर १५ गते नागरिक उड्डयन प्राधिकरणले निगमले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ प्रतिष्पर्धाबाट मात्र दिने निर्णय गरेको थियो । 

प्रतिक्रिया