लम्पी स्किन पीडित किसानले अझै राहत पाएनन्

७५ अर्ब ५२ करोड ८२ लाख क्षतिको तथ्यांक

लम्पी स्किन पीडित देशभरका किसानले अझै राहत पाउन सकेका छैन । ‘लम्पी स्किन’ सङ्क्रमणले पशु चौपाया गुमाएका ६५ हजार ४ सय ४१ परिवारले अझै राहत पाउन नसकेका हुन । चालु आर्थिक वर्ष २०८०÷८१ मा मात्रै मुलुकभरका १५ लाख ३६ हजार १८० पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण हुँदा ६५ हजार ४४१ वटा पशु मरेका थिएरु। असारदेखि असोजसम्म उच्च बिन्दुमा पुगेको फैलावटको दर क्रमिक रूपमा घट्दै अहिले शून्य अवस्थामा पुगे पनि पीडित किसानले भने राहत पाएका छन । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागले क्षतिको विवरण अर्थ मन्त्रालयमा पठाएको धेरै समय भए पनि रकम निकासा भएको छैन । पशु चिकित्सा परिषद्को अध्ययन अनुसार एउटा स्वस्थ्य पशुमा लम्पीको सङ्क्रमण भएमा ४९ हजार १३५ रुपियाँको आर्थिक क्षति हुने गर्दछ । चालु आर्थिक वर्ष ‘लम्पी स्किन’ कै कारण किसानले ७५ अर्ब ५२ करोड ८२ लाख रुपियाँ बराबरको क्षति बेहोरेका थिए ।
 

प्रतिक्रिया