गाजाको शरणार्थी शिविरमा इजरायलको हवाइ आक्रमण, कम्तिमा सत्तरी जनाको मृत्यु

क्रिसमस पुर्वसन्ध्यामा इजरायलले गरेको आक्रमणबाट शरणार्थी शिविरमा बसेका कम्तीमा ७० जनाको मृत्यु भएको छ । इजरायलले गाजास्थित अल–मगाजी शरणार्थी शिविरमा  हवाइ आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो ।  शिविरमा ठूलो संख्यामा मानिसहरु बस्दै आएकाले मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ । इजरायलको आक्रमणमा तीनवटा आवसीय भवनमा क्षति पुगेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले पछिल्लो घटनालाई निन्दा गर्दै क्रुर र नरसंहार भएको टिप्पणी गरेको छ । इजरायलको आक्रमणका कारण सबैभन्दा बढी मानिस बसोबास गर्दै आएको भवन ध्वस्त भएका छन । दर्जनौं घाइतेहरूलाई नजिकैको अल–अक्सा अस्पताल लैजादै गरिएका दृश्य अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले प्रशारण गरेका छन । यसैविच इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार हमाससँगको लडाइँमा मारिएका इजराइली सैनिकको सङ्ख्या बढिरहेकाले गाजा युद्धका लागि ‘ठूलो मूल्य’ तिर्नुपरिरहेको बताएका छन । प्यालेस्टिनी क्षेत्रमा १४ सैनिक मारिएको सेनाले घोषणा गरे लगत्तै उनले लडिरहनुको कुनै विकल्प नभएको बताएका हुन । हमासलाई विनाश गर्ने, हाम्रा बन्धकहरूलाई फिर्ता गर्ने र इजराइल राज्यका लागि फेरि कहिले पनि गाजा खतरा बन्ने छैन भन्ने सुनिश्चित गर्न युद्ध जारी रहने उनको भनाइ  छ । अक्टोबर २७ मा इजराइलको स्थल हमला सुरु भएपछि इजराइली सेनाले प्यालिस्टिनी क्षेत्रमा एक सय ५३ सैनिकलाई गुमाएको छ । प्यालेस्टिनी क्षेत्रमा कम्तीमा २० हजार चार सय २४ जनाको ज्यान गएको छ । ५४ हजार घाइते भएका छन् । 
 

प्रतिक्रिया