इन्डोनेशियामा रसायन प्रशोधन कारखानामा विस्फोट

कम्तिमा १२ जनाको मृत्यु

पूर्वी इन्डोनेसियामा चिनियाँ लगानीमा सञ्चालित रसायन प्रशोधन कारखानामा आज विस्फोट हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । घटनामा सात इन्डोनेसियाली र पाँच विदेशी कामदारको मृत्यु भएको बताइएको छ । पाँचै जना विदेशी कामदार चिनियाँ नागरिक भएको बताइएको छ ।  बिस्फोटमा परेर ५१ जना घाईते भएका छन । तिमध्ये  ३९ जनाका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।  पिटी इन्डोनेसियाको सिङशान स्टेनलेस स्टिलको प्लान्टमा स्थानीय समयअनुसार बिहान साढे पाँच बजे बिस्फोट भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा भट्टीको मर्मतका क्रममा प्रज्वलनशील तरल पदार्थ प्रज्वलित हुँदा विस्फोट भएको र त्यसपछि नजिकैको अक्सिजन ट्याङ्कीमा पनि विस्फोट भएको देखिएको प्रहरीले जनाएको छ । सुलावेसी टापुमा अवस्थित निकारागुआ रसायन प्रसोधन केन्द्रमा विस्फोट भएको हो । सो कारखानामा विद्युतीय वाहनका लागि चाहिने ब्याट्री र स्टीलको लागि प्रयोग हुने धातुको उत्पादन हुने गरेको थियो ।। 
 

प्रतिक्रिया