सर्वोच्चका मुख्य रजिस्ट्रार र रजिस्ट्रार उच्च अदालतको न्यायाधीशमा सिफारिस

न्याय परिषदको बैठकले उच्च अदालतमा न्यायाधीश सिफारिस गरेको छ । आज विहान बसेको बैठकले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र रजिस्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो । परिषद्ले कुँवरलाई पाटन उच्च अदालतमा र पौडेललाई पोखरा उच्च अदालतमा पदस्थापनका लागि पनि सिफारिस गरेको छ । कुँवरले यसअघि दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश छँदा उच्च अदालतको न्यायाधीश पद अस्वीकार गरेका थिए । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनलाई हाल कायम उच्च अदालतका न्यायाधीशहरूमध्ये वरीयतामा अगाडि रहने गरी प्रस्ताव गरेपछि उनी न्यायाधीस बन्न तयार भएका हुन् । परिषदको सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतका न्यायाधीश नियुक्ति गर्ने कानुनी व्यवस्था छ । उच्च अदालतमा हाल ३९ न्यायाधीशको पद खाली छ ।  

प्रतिक्रिया