पाँच महिनामा ४ हजारभन्दा बढी विद्युतीय गाडी भित्रिए
विगत पाँच महिनामा ४ हजारभन्दा बढी विद्युतीय गाडी नेपालमा भित्रिएका छन । भन्सार विभागको तथ्यांक अनुसार मंसिर मसान्तसम्म निजी गाडी र माइक्रो गरी ४ हजार ४२ विद्युतीय गाडी आयात भएका हुन । ५ महिनामा ५० किलोवाटसम्मका कार जिप १५ सय ९५ वटा आयात भएका छन । ५१ देखी १०० किलोवाटसम्मको २ हजार २८ वटा गाडी भित्रिँदा एक सय देखि दुई सय किलोवाटका ५२ वटा भित्रिएको भन्सार विभागले जनाएको छ । त्यसैगरी २०१ किलोवाटमाथिका ११ वटा निजी गाडी आयात भएका छन । सार्वजनिक यातायातको रुपमा प्रयोग भएका ११ देखि १४ सिटसम्मका माइक्रो १ सय ३४ र १५ देखि २५ सिट क्षमताका ५६ वटा मिनीबस पनि यही समयमा भित्रिएका छन । विद्युतीय मोटर भएका अन्य १६६ वटा गाडी आयात भएको तथ्यांकले देखाएको छ । सबै विद्युतीय गाडी आयात हुँदा १० अर्ब रुपैयाँ बाहिरिएको छ । माइक्रो र मिनीबसा मात्रै ६० करोड बराबरका आयात भएका छन । त्यसैगरी चालू आर्थिक वर्षको पाँच महिनामा देशको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०÷०८१ को मंसिर महिनासम्म देशको व्यपार घाटा ५ खर्ब ७९ अर्ब १५ लाख २९ हजार रुपैयाँ रहेको विवरण भन्सार विभागले सार्वजनिक गरेको हो । गत आर्थिक वर्ष २०७९÷०८० मा भने यस्तो व्यापारघाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख ४८ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, मंसिर महिनासम्म देशको आयात निर्यात अनुपात १०.१६ प्रतिशत रहेको छ । गत वर्षको सोहि अवधिमा भने, आयात निर्यात अनुपात ९.८८ प्रतिशत रहेको थियो । जुन अघिल्लो वर्षको तुलनामा २ दशमलब ८८ प्रतिशतले बढी हो ।
प्रतिक्रिया