अमेरिकाले ट्राभल एड्भाइजरीमा नेपाल ‘लेभल टु’ मा
अमेरिकी नागरिकलाई यात्रा गर्दा गर्दा सावधानी अपनाउनुपर्ने भन्दै अमेरिकाले नेपाललाई ट्राभल एड्भाइजरीको ‘लेभल टु’ मा पु¥याएको छ । यात्रा गर्दा अपनाउनुपर्ने जोखिमका सूचकहरूको आवधिक समीक्षा गरी नेपाललाई लेभल टु मा पु¥याइएको अमेरिकी विदेश मन्त्रालयले जनाएको हो । उसले नेपालमा पृथक राजनीतिक हिंसाको सम्भावना बढेको उल्लेख छ । यु श्रेणीको ट्राभल एड्भाइजरी जारी गर्दै अमेरिकाले शान्तिपूर्ण राजनीतिक प्रदर्शन कहिलेकाहीं हिंसामा परिणत हुँदा सुरक्षा अधिकारीहरूले बल प्रयोग गर्न सक्नेतर्फ चनाखो हुन भनेको हो । यसैगरी पदयात्रामा एक्लै नजान र नेपालका राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रमा पदयात्रा गर्दा स्थानीय गाइड वा भरिया प्रयोग गर्न पनि उसको सुझाव छ । यसअघि ई श्रेणीको ट्राभल एडभाइजरी प्रयोग भैरहेकोमा यसपटक सावधानीको लेभल बढाएर यु श्रेणी बनाइएको हो । अमेरिकाले विभिन्न देशको अवस्थालाई हेरेर चार तहको ट्राभल एड्भाइजरी जारी गर्दैआएको छ ।
प्रतिक्रिया