राष्ट्रिय सडक सञ्जालसँग जोडियो दक्षिणी हुम्ला

लिसल्लामा बेलिब्रिज जडान भएसंगै दक्षिणी हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । चंखेली र सर्केगाड गाउँपालिकाको सिमाना सलिसल्लाको कर्णाली नदीमाथि बेलिब्रिज निर्माण हुँदा दक्षिणी हुम्लाका चार गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका हुन् । गत जेठदेखि सुरु भई कात्तिकमा सम्मन्न भएको बेलिब्रिज शुक्रबार एक कार्यक्रमबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उदाटन गरेका छन् । कर्णाली नदीमा बेलिब्रिज नहुँदा सर्केगाड१ जैर, अदानचुली र ताँजाकोट गाउँपालिका राष्ट्रिय सडक सञ्जालसंग जोडिए पनि यसअघि सलिसल्लाको कर्णाली नदी पारिसम्म मात्र यातायातका साधन जाने गर्दथे ।  सलिसल्लाको कर्णाली नदीमाथि ४८.७६८ मिटर लम्बाई र ४.२० मिटर चौडा बेलिब्रिज बनेसँगै चंखेली र सर्केगाड गाउँपालिका पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएका हुन् । बेलिब्रिज १ करोड ८६ लाख ७२ हजार ४६० रुपैयाँमा निर्माण भएको हो । 

प्रतिक्रिया