न्यायाधीश नियुक्तीलाई विवादमा पारेर न्यायालयबाट स्वतन्त्र न्यायको आशा गर्न सकिदैन: पूर्वप्रधानन्यायाधीश कार्की
काठमाडौं । पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपरिषद्को संरचनामा सुधार गर्नुपर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायाधीशको नियुक्तीलाई सधैँ विवादमा पारेर न्यायालयबाट स्वतन्त्र र सक्षम न्याय सम्पादनको आशा गर्न नसकिने बताएका हुन् । संवैधानिक परिषद् र संसदीय सुनुवाई समितिले आफनो उद्देश्यअनुसार काम गर्न नसकेको औंल्याउँदै कार्कीले अहिलेको संवैधानिक इजलासको कामै नभएको जिकिर समेत गरे ।
पूर्वप्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तीका लागि परीक्षा प्रणाली उपयुक्त हुनसक्ने विकल्प हुनसक्ने प्रस्ताव समेत अघि सारेका छन् ।
प्रतिक्रिया