मानव तस्करीको आशंकामा फ्रान्सले भारतको चार्टड उडान रोक्यो

काठमाडौं । मानव तस्करीको आशङ्कामा फ्रान्सले भारतको चार्टड उडान रोकेर अनुसन्धान थालेको छ । फ्रान्सले निकारागुआका लागि ३०३ भारतीय यात्रु बोकेको चार्टर्ड उडान रोकेर यात्राको अवस्था र उद्देश्यबारे अनुसन्धान सुरु गरेको हो । विमानबाट मानव तस्करी भएको आशङ्का गरिएको छ । तर, यस विषयमा अहिलेसम्म भारतीय विदेश मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन । पेरिस सरकारी वकिलको कार्यालयले सङ्गठित अपराधसँग सम्बन्धित एक विशेषज्ञ इकाई, सीमा प्रहरी र उड्डयनसँग सम्बन्धित एजेन्सीले अनुसन्धान गरिरहेको बताएको छ । उनीहरुले सोधपुछका लागि दुई जनालाई पक्राउ गरेको छ । साथै, विमानका यात्रुसँग पनि सोधपुछ भइरहेको छ । यस सम्बन्धमा कुनै अज्ञात व्यक्तिले जानकारी दिएको बताइएको छ । यो विमान ए–३४०रोमानियाको चार्टर कम्पनी लिजेन्ड एयरलाइन्सको हो । दुबई बाट उडेको उक्त विमान प्राविधिक रोकका लागि बिहीबार दिउँसो बेट्री विमानस्थलमा अवतरण गरेको थियो । यो एयरपोर्ट पेरिसबाट १५० किलोमिटर पूर्वमा अवस्थित छ र प्रायः कम लागतको एयरलाइन्सका लागि प्रयोग गरिन्छ । प्रहरीले विमानस्थल पूरै घेराबन्दी गरेको छ ।

प्रतिक्रिया