देश संकटपूर्ण अवस्थामा उभिएको कांग्रेस सभापति देउवाको दाबी

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताएका छन् । शनिवार पार्टीको वागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले राष्ट्र दोधारमा उभिएको दाबी गरेका हुन् । उनले अहिले सबैले मिलेर र खासगरी काँग्रेसले नेतृत्वदायी भुमिकामा बसेर काम गर्न जरुरी रहेको समेत बताए । सभापति देउवाले समावेशीतामा आधारित गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्वपूर्ण भएको पनि उल्लेख गरे । उनले पार्टीलाई तल्लो स्तरबाटै अझै सुदृढ गर्दै बलियो बनाउन लाग्नुपर्नेमा जोड समेत दिए । आजबाट सुरु भएको कांग्रेसको अधिवेशनमा स्थानीय तहलाई अधिकार सम्पन्न र थप जवाफदेही बनाउने विषयमा छलफल हुनेछ । यसका साथै पार्टीको आन्तरिक निर्वाचन प्रणाली र राज्यको निर्वाचण प्रणालीलाई चुस्त र समावेशी बनाउने विषयमा पनि छलफल हुनेछ । सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ सङ्घीय निर्वाचन क्षेत्रका ७८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका सङ्घीय सांसद, प्रदेशसभा सदस्य, क्षेत्रीय सभापति सहभागी भएका छन् । त्यसैगरी नगरपालिका÷गाउँपालिकामा निर्वाचित प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष तथा बागमती प्रदेशका एक सय १९ पालिकाका सभापति सहभागी भएका छन् । यसअघि कांग्रेसले लुम्बिनी, गण्डकी र मधेश प्रदेशको सम्मेलन गरिसकेको छ ।
 

प्रतिक्रिया