सर्वोच्च अदालतमा २० न्यायाधीशको इजलास सुरु

सर्वोच्च अदालतमा आजदेखि २० न्यायाधीशको इजलास सुरु भएको छ । छ न्यायाधिस थपिएसँगै डेढ वर्षपछि सर्वोच्चमा ठूलो संख्यामा इजलास बस्न सुरु भएको हो ।  हिजो शपथ ग्रहण गरेका नवनियुक्त ६ न्यायाधीश शारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल सहति २० इजलासमा बस्ने भएका हुन । पोखरेल र ढकाल कानुन व्यवसायी पृष्ठभूमिका हुन् भने बाँकी चार न्यायाधीश उच्च अदालतमा कार्यरत छँदै नियुक्त गरिएका हुन । लामो समयसम्म न्यायाधीश कम हुँदा सर्वोच्चमा मुद्दाको संख्या थुप्रेर २८ हजार पुगेको छ ।२० जनाको इजलास लाग्दा मुद्दा फर्स्योटको दर बढ्ने सर्वोच्चको अपेक्षा गरिएको छ ।

प्रतिक्रिया