सोलुखुम्बुको माप्य दुधकोशीमा ‘रक क्लाइम्बिङ सेन्टर’ सञ्चालन

सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका–५ ‘रक क्लाइम्बिङ सेन्टर’ सञ्चालन गरिएको छ ।  नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल टानको सहकार्यमा महभीरमा ‘रक क्लाइम्बिङ सेन्टर’ निर्माण गरिएको हो । सेन्टरको शुभारम्भ गर्दै विश्व कीर्तिमानी हिमाल आरोही कामिरिता शेर्पा नेपालका थुप्रै डाँडाहरुमा रक क्लाइम्बिङको ठूलो सम्भावना रहेको बताए । 
‘रक क्लाइम्बिङ सेन्टर’लाई अन्तर्राष्ट्रिय रक क्लाइम्बिङ इन्स्टिच्युट सेन्टरको रुपमा विकास गर्नुपर्ने ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल टानले जनाएको छ । 
सगरमाथा क्षेत्र घुम्न आएका पर्यटकलाई माप्य दुधकोशी गाउँपालिकामा भित्र्याउनसके ‘रक क्लाइम्बिङ लगायत पर्यटन क्षेत्रले गति लिने जनप्रतिनिधिहरुको विश्वास रहेको छ । 
सडक बाटो हुँदै सगरमाथा क्षेत्र घुम्न जाने पर्यटकलाई रक क्लाइम्बिङप्रति आकर्षण गर्ने उद्देश्यले ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको हो । जनकपुर र हलेसी दर्शनका लागि आएका पर्यटकलाई ‘एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग’मा लैजानसके सोलुखुम्बुको पर्यटन क्षेत्रले कोल्टे फेर्ने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया