प्रागस्थित चाल्र्स विश्वविद्यालयमा बन्दुकधारीद्वारा गोली हानेर चौध जनाको हत्या

चेक रिपब्लिकको राजधानी प्रागमा एक बन्दुकधारीले गोली हानेर १४ जनाको हत्या गरेका छन् । राजधानीको ऐतिहासिक केन्द्रमा रहेको चाल्र्स विश्वविद्यालयमा अन्धाधुन्ध गोली चलाउदा अन्य २५ जना घाइते भएका छन् ।गोलीकाण्ड पछि २४ वर्षिय आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ । आक्रमणकारी पनि सोही विश्वविद्यालयका विद्यार्थी रहेको प्रहरीको भनाई छ । उनले आक्रमण गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । यो घटना कुनै अन्तर्राष्ट्रिय आतंकवादीसँग सम्बन्धित नभएको चेक प्रहरीले जनाएको छ । पछिल्लो घटनालाई आधुनिक चेकको इतिहासमा सबैभन्दा क्रुर घटनाका रुपमा प्रहरीले अथ्र्याएकोे छ । बन्दुकधारीले युनिभर्सिटीका कर्मचारीहरूलाई आक्रमणको क्रममा कोठामा लुक्न भनिए पनि उनीहरुलाई जोगाउन नसकिएको सुरक्षा अधिकारहरुले जनाएका छन् । कतिपय मानिसहरु हामफालेर भाग्दै गरेका दृष्य सामाजिक सञ्जालमा भाइरल भएका छन् । राष्ट्रपति पिटर पावेलले विश्वविद्यालय क्षेत्रमा गोली चलेको घटनाबाट आफू स्तब्ध भएको बताएका छन् । साथै मृतक परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । बन्दुक आक्रमणलाई चेक रिपब्लिकको स्वतन्त्रतापछि यो हालसम्मकै घातक आक्रमण मानिएको छ ।  यसअघि सन् २०१५ मा एक रेष्टुरेन्टमा गोली चल्दा आठ जनाको ज्यान गएको थियो ।।
 

प्रतिक्रिया