शेयर बजारमा गिरावट, ३२ अंकले घट्यो नेप्से
साताको कारोबारको अन्तिम दिन आज शेयर बजारमा भारी गिरावट आएको छ । आज शेयर बजार परिसूचक नेप्से ३२ दशमलव ७७ अंकले घटेर नेप्से परिसूचक २ हजार १ सय ९ दशमलव १० विन्दुमा पुगेको हो । आज १७ करोड १७ लाख २ हजार १ सय ४९ कित्ता सेयर ६ अर्ब २७ करोड ४३ लाखमा खरिद बिक्री भएको छ । त्यस्तै, कारोबारका आधारमा सिभम सिमेन्टस ३० करोड ६८ लाख ६० हजार रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ । बुधबार ७ अर्ब ९५ लाख ७५ हजार १७६ रुपैयाँको कारोबार भएको थियो । आज पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आज बोटल्र्स नेपाल बालाजु, आशा लघुवित्त वित्तीय संस्था, धौलागीरी लघुवित्त वित्तीय संस्था, बीपीडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेड र चिरखवा हाइड्रोपावर लिमिटेडमा सकारातमक सकर्टि लगेको छ । आज कारोबारमा आएका १३ समूहमध्ये उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक वृद्धि भएको छ भने अन्य समूहको परिसूचक घटेको छ । सेयर बजार लगातार उकालो लगेपछि लगानीकर्ता नाफा बुक गर्नतर्फ लागेपछि बजार ओरालो झरेको हो ।।
प्रतिक्रिया