जनसंख्याको आधारमा स्थानीय तहमा बजेट विनियोजन हुनुपर्छ: मन्त्री यादव

खानेपानी तथा सरसफाईमन्त्री महिन्द्र राय यादवले जनसंख्याको आधारमा स्थानीय तहमा बजेट विनियोजन हुनुपर्ने बताएका छन । आज काठमाडौंमा नेपाल नगरपालिका संघको आयोजनामा भएको राष्ट्रिय शहरी सरसफाई सम्मेलन, २०२३ लाई सम्बोधन गर्दै उनले स्थानीय तहमा विकासको बजेट समुचित विनियोजन हुनुपर्ने बताएका हुन । क्षेत्रको विकास जनसंख्या र भुगोलका आधारमा हुनुपर्ने उल्लेख गर्दै मन्त्री यादवले देशको मानव सूचकांकको आधारमा विकासको बजेट छुट्याउनुपर्ने बताए । 
नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले संघ, प्रदेश र स्थानीय तह नमिलिकन कुनैपनि विकास निर्माणका काम सम्पन्न हुन नसक्ने बताए ।
अध्यक्ष ढुंगानाले संघ सरकारले स्थानीय तहलाई दिनुपर्ने अधिकार चाँडो भन्दा चाँडो दिनुपर्ने पनि स्पष्ट पारे । स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउन अब ढिलो गर्नु नहुनेमा उनको जोड थियो । 
 

प्रतिक्रिया