परराष्ट्रमन्त्री साउद र श्रीलंकाली समकक्षी साब्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री एनपी साउद र श्रीलंकाली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको छ । बिहीवार काठमाडौंमा भएको दुई मन्त्रीबीचको छलफलमा क्षेत्रिय संगठनहरु सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको हो । छलफलमा दुई पक्षिय सम्बन्धहरुको पुनरावलोकन, व्यापार, लगानी, कनेक्टिभिटी, पर्यटन, संस्कृति, शिक्षा, रक्षा र अध्यागमनका बारेमा छलफल भएको मन्त्री साउदले जानकारी दिए । 
छलफलमा क्रममा संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षिय फोरमहरुमा दुवै राष्ट्रले परस्पर मिलेर सहकार्य गर्ने विषयमा कुराकानी पनि भएको छ । पत्रकार सम्मेलनमा श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्रीले शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन लगायतका क्षेत्रमा नेपाल र श्रीलंकाबीच सहकार्य गरेर जाने बारेमा सकारात्मक कुरा भएको बताए । 
श्रीलंकाका विदेशमन्त्री साब्रीले सार्क र बीमस्टेक लगायतका क्षेत्रिय कार्यक्रमहरुमा विशेष जोड दिइ अघि बढ्ने बारेमा पनि छलफल भएको जानकारी दिए । पर्यटन प्रवद्र्धनका लागि नेपाल र श्रीलंकाबीच थप सहकार्य गर्नेबारेमा पनि दुई समकक्षीविच छलफल भएको छ ।
 

प्रतिक्रिया