माओवादी केन्द्रले फागुन पहिलो साता विधान सम्मेलन गर्ने

पाँच सदस्यीय विधान मस्यौदा समिति गठन

माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता हुने भएको छ । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो । बैठकले विधान मस्यौदा समिति पनि गठन गरेको छ । समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की रहेका छन । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यभार सम्हालेको एक वर्षपछि सरकार नयाँ ढंगले काम गर्ने योजनामा रहेको जानकारी दिएका छन । सरकारले राम्रो काम गर्न प्रयास गर्दा–गर्दै पनि अहिले कामहरु परिणाममुखी हुन नसकिरहेको भन्दै पार्टी पदाधिकारीलाई यस्तो जानकारी दिएका हुन ।  बाहिर चर्चा भएजस्तो मन्त्रीहरु हेरफेर गर्ने विषयमा कुनै तयारी नरहेको पनि दाहालले जानकारी दिएको नेताहरुले बताएका छन् । 
 

प्रतिक्रिया