एनसेलले सेयर खरिद सम्झौताको दस्तावेज प्राधिकरणलाई बुझायो

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सेयर खरिद सम्झौताको दस्तावेज नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाएको छ । सेयर बिक्रीको विषयमा प्राधिकरणले पटक–पटक ताकेता गरेपछि एनसेलले दस्तावेज बुझाएको हो । एनसेलले बुझाएको के छ भन्ने विषयमा अध्ययन भैरहेको प्राधिकरणले जनाएको छ । सरकारी निकायलाई कुनै जानकारी नै नदिई गत मंसिर १५ मा सतिशलाल आचार्यका नाममा रहेको बेलायतको ‘स्पेक्ट्रलाइट यूके’ कम्पनीले एनसेलको ८० प्रतिशत सेयर खरिद गरेपछि त्यसको छानविन भैरहेको छ । मूल्य ६ अर्ब ६५ करोड रुपैयाँमा शेयर बेचेपनि  ८० प्रतिशत सेयर होल्डर मलेसियन कम्पनी अजियाटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै यसलाई १ खर्ब ४३ अर्ब तिरेकाले कारोबार शंकास्पद देखिएको छ । खरिद प्रकरणको छानविन गर्न टंकमणि शर्मा दंगालको संयोजकत्वको समिति गठन भएको छ ।। 

प्रतिक्रिया